राष्ट्रिय धान दिवस : एक दिन खेतमा रमिता…. वर्षभरि विदेशी चामलकै भर

असार १५ अर्थात राष्ट्रिय धान दिवस यस वर्ष पनि मनाईयो । यसवर्ष को धान दिवस २० औं राष्ट्रिय धान दिवस हो । नेपाल सरकारले २०६१ देखि हरेक वर्ष असार १५ का दिन धान दिवसका रुपमा मनाउदै आएको छ । यस वर्ष पनि कृषक देखि विभिन्न पार्टीका नेता तथा सांसदहरुले धान दिवस मनाए । धान दिवस मनाउन थालेको मात्र २० औं वर्ष भएको हो । कृषि त नेपालको सबैभन्दा पुरानो पेशा हो अनि धान पुरानो बाली । नेपाललाई विश्वले कृषिप्रधान देश भनेर चिन्ने गर्दछ । तर एक दिन देखाउन कै लागी भएपनि धान दिवसका दिन बिउको मुठो समातेर रापेको जस्तो गरेर फोटो खिच्ने अनि शुभकामना भन्दै पोष्ट्याउने हाम्रा नेताहको टे«न्ड नै बनेको छ भने नेपाली भान्सामा विदेशी चामलको भात । कृषि प्रधान देश नेपालको पहिचान केवल नाममा मात्र सिमित हुँदै छ ।


भन्सार विभागको तथ्याङकलाई नियाल्ने हो भने यो कुरा प्रष्ट हुन्छ कि नेपालीको भान्सामा अहिले नेपालको होई अमेरिका, भारत चीन, कोरीया, जापान जस्ता मुलुकमा उत्पादन भएको चामल पाकिरहेको छ । हरेक वर्ष अर्बौ रुपैयाँको धानको बीउ र चामल आयात हुँदै आएको छ  । विभागको तथ्यांक अनुसार कृषि प्रधान देश हाम्रो नेपालमा अहिले हरेक वर्ष झन्डै ४६ अर्ब रूपैयाँ वरावरको धान र चामल आयात हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महीनामा मात्रै १४ अर्ब ७२ करोडको २ लाख १७ हजार ७९२ मेट्रिक टन चामल र १८ अर्ब ९० करोडको ५ लाख ६ हजार ७८१ मेट्रिक टन धान आयात गरेको छ । गत वर्षको सोही अबधीमा नेपालले ४५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ८३ हजार ८१७ मेट्रिक टन धानचामल आयात गरेको थियो । नेपालमा चीन, भारत, फिलिपिन्स, थाइल्याण्ड, भुटान, इन्डोनेसिया, इटाली, जापान, कोरिया, ओमान, संयुक्त राज्य अमेरिका, भियतनाम, नामिबिया लगायतका देशहरुबाट धान चामल आयात हुने गरेको छ ।
यसरी अर्बौ अर्बको धान चामल आयात भईरहँदा नेपालमा भने उत्पादनमन वर्षेनि ह्रास आईरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क लाई हुर्ने हो भने चालू आर्थिक वर्ष २०७८÷७९ मा प्रमुख कृषिबाली धानको उत्पादन ८.७४ प्रतिशतले घटेको छ । गत वर्ष ५६ लाख २१ हजार टन धान फलेकोमा यो वर्ष घटेर ५१ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको मन्त्रालयको अनुमान छ । मन्त्रालय भन्छ , यो वर्षको धान उत्पादन पछिल्लो पाँच वर्षयताकै न्यून हो । केन्द्रिय तथ्यांक विभागका अनुसार सन् मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब २४.१ प्रतिशत कृषिको योगदान छ । यसमा पनि कृषि क्षेत्रको उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । तर अब यो पनि विस्तारै घट्दै गईरहेको छ । २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २३ दशमलव ९ प्रतिशत रहेको छ । जसमध्ये धानको योगदान ११ दशमलव ३० प्रतिशत रहेको छ । सन् २०२०/२१ मा भने जिडीपीमा धानको योगदान १२ दशमलव ६४ प्रतिशत रहेको थियो ।
यसरी हरेक वर्ष नेपालको धानको उत्पान घट्दै आईरहेको छ । विस्तारै नेपाली खेतबारी रितिदै छन् । गाउँघर खाली हुँदै छन् । खेतीप्रति युवाको आकर्षण घट्दै गएको छ । गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति यतिबेला  मरुभूमिमा पसिना बगाउन बाध्य छन् । सरकारले प्रविधि, बीउविजनलगायत विविध विषयमा ध्यान दिन सकेको छैन । जसले आयातमा अझ बृद्धि भइरहने नै देखिन्छ । यसरी कुनैबेला धान प्रमुख उत्पादन भएको कृषि प्रधान देश हाम्रो नेपालमा चामलका लागि भएको परनिर्भताले देशको पहिचान अनि नेपालीको अवस्था कहाँ पु¥याउला ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com