ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।
आज पक्राउ पर्नेमा तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
प्रहरीले आइतबार पनि तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतवार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सीआईबीले नौ जनालाई पक्राउ गरिसकेको छ ।।

English
MTV NEPAL MTVNEPAL


