शेयर बजार आज पनि बढ््यो

काठमाडौं, पुस १८ –शेयर बजार परिसुचक नेप्से मंगलबार साढे २ अंकले बढेको छ । सोमबार ४४ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार भने २ दशमलव ४४ अंकले बढेर १४ सय ३७ विन्दमा पुगेको हो ।
आज कारोबारको सुरुमा बढेर १४ सय ५३ विन्दुभन्दा माथि पुगेको नेप्से बजार बन्द हुने बेलासम्म १४ सय ३७ दशमलव २४ विन्दुमा आइपुगेको हो । आज बैकिङ समूह १० दशमलव १३, बाणिज्य शुन्य दशमलव शुन्य ८ र अन्य समुह ३ दशमलव ३४ अंकले बढेको छ । समग्र नेप्से बढे पनि आज बैंकिङ्ग, बाणिज्य र अन्य बाहेकका सवै परिसुचक घटेका छन्् ।
यस्तै, बिमा ६१ भन्दा धेरै, होटल साढे ५१ भन्दा धेरै, जलविद्युत २८ दशमलव ६ अंकले घटेको छ । ६३ करोड ३२ लाखभन्दा धेरैको कारोबार भएको दिन आज सवैभन्दा धेरै स्ट््याण्डर्ड चार्टर बैकको शेयर ६ करोड ५२ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलवार तीन बैंकले केही निक्षेप योजनामा नयाँ ब्याजदर तोकेका छन्् । सेञ्चुरी कमर्सियल बैंकले व्याजदर ०.५ प्रतिशतले, सिद्धार्थ बैंक र सिभिल बैंकले १ प्रतिशतले ब्याजदर घटाएका छन्् । यद्यपी बजारमा तरलता सहज भइसकेको देखिदैन्् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com