उदयपुरको कटारी नगरपालिकास्थित रहेको नापी कार्यालयका कर्मचारीले सेवाग्रहीबाट उठाएको रकम फिर्ता गरेका छन्। कटारी नगरपालिकाका प्रमुखले कारबाही अघि बढाउने चेतावनी दिएपछि नापी कार्यालय गाईघाटबाट खटिएका कर्मचारीले ६ हजार रुपैयाँ सेवाग्राहीलाई नै फिर्ता गरेका हुन्। मंगलबार नापीका कर्मचारीहरूले जग्गा नक्सा सुधार गर्न भन्दै सर्वसाधारणसँग लिएको ६ हजार रकम फिर्ता गरेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘सेवाग्रहीबाट पैसा उठाएको गुनासो आयो’, नगर प्रमुख श्रेष्ठले भने, ‘गएर उठाएको पैसा सेवाग्राहीलाई फिर्ता गरे।’ नापी कार्यालका कर्मचारीले सर्वसाधरणबाट पैसा लिएको थाहा पाएसँगै कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ तत्काल नापी कार्यालय पुगी तत्काल सबैको पैसा फिर्ता दिन निर्देशन दिएको सेवाग्राहीले बताए। नापीका कर्मचारीले रकम फिर्ता दिन आनाकानी गरेसँगै नगरप्रमुख श्रेष्ठले कारबाही अगाडि बढाउने चेतावनी दिए।
पछि नापीका कर्मचारीले हात जोड्दै गल्ती भएको स्वीकार गर्दै रकम फिर्ता गरेका थिए। नापी कार्यालय गाईघाटबाट खटिएको टोली प्रमुख सुकदेव चौधरी र कार्यालय सहयोगी इन्द्रदेव यादवले सर्वसाधरणबाट रकम लिएको कटारी–७, रिस्कुकी स्थानीय झुकुमाया दनुवारले बताइन्। ‘कुनै पनि कार्यालयमा सेवा लिन १० रुपैयाँको टिकट टाँस्नुपर्नेमा १ सय ५० रुपैयाँ लिएपछि हामीले ुमेयरुलाई जानकारी दिएका थियौं’ उनले भनिन्, ‘हामीले भनेपछि मेयर साुपले तत्काल फिर्ता गराइदिनुभयो।’ २०२८ साल को गाउँ ब्लकको जग्गा नेपाल सरकारले ०७१्७२ मा नाप नक्सा गरेको थियो। त्यही जग्गाको नक्सा भूल सुधार गरी दर्ता गर्न भन्दै नापीका कर्मचारीले सेवाग्रहीसँग पैसा उठाउने गरेका थिए।

English
MTV NEPAL MTVNEPAL


