आन्दोलन नरोकिने विद्यार्थी संगठनको चेतावनी, यस्ता छन् विरोधका कार्यक्रमहरु

निर्वाचन आयोग र सरकारका विरुद्ध वामगठबन्धनका युवा तथा विद्यार्थी नेताले विरोधका कार्यक्रमहरु घोषणा गरेपछि अवस्था स्थिति जटिल बन्ने संकेत देखिएको छ ।  बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार बुधबार दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । तामाङका अनुसार अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिने छ । यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि ५० पैसा नै किन नहोस् अविलम्व फिर्ता गर्नुपर्छ, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्छ र शान्तिपूर्ण विरोध प्रदर्शनमा दमन गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो संयुक्त माग छ,’ क्रान्तिकारी अध्यक्ष तामाङले भने, ‘हाम्रो आन्दोलन देशव्यापी हुन्छ ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com