वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै एक युवकले ठगी गरेका छन् । स्थायी घर सप्तरीको राजविराज वडा नं.०२ (साविकको वडा नं. ०९) निवासी श्रि परमेश्वर यादवका छोरा हाल काठमाडौ बस्दै आएका अमित कुमार यादवले ठगी गरेका हुन् ।


तोकिए भन्दा कम रकममै पोल्याण्डको भिसा पठाईदिने भन्दै काठमाडौका पवन पौडेल र रविन्द्र प्रसाद सिंहबाट रकम असुलेर भागेका हुन् । पटकपटक पैसा फिर्ताका लागी सम्पर्क गर्दा भिसा चाडै आउने भन्दै यादव काठमाडौ बाट सम्पर्कविहिन भएको पिडितको भनाई छ । पौडेलबाट रु ११ लाख १५ हजार र सिंहबाट ५ लाख रकम लिएर यादव फरार भएका छन् ।
यादव केहि वर्ष अघि विद्यार्थि भिसामार्फत पोल्याण्ड गएका हुन् । पोल्याण्डमा रहेकै बेला यादवले दिदि सोनिया र बुबा परमेश्वरको नामबाट पैसा लिएका थिए। रकम फिर्ताका लागी पिडितहरुले वैदेशिक रोजगार विभाग तथा प्रहरी अनुसन्धान ब्युरो –सिआईबि मा निवेदन दिएका छन् ।
पौडेल र सिंहबाट मात्र नभई यादवले अन्य व्यक्तिहरुबाट पनि रकम लिएको बुझीएको छ ।

English
MTV NEPAL MTVNEPAL



ko manche lai jail halnu parchaa