एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय सहित एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । ललितपुरको मानभवनमा बसेको बैठकले प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको बिषयमा छलफल भएको थियो । नेता सुरेन्द्र पाण्डेले सरकारको आलोपालो नेतृत्व गर्ने बिषयमा समेत छलफल भएको बताए । पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने पाण्डेले बताए । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन्

English
MTV NEPAL MTVNEPAL


