प्रहरीले ९ हजार कुखुराका चल्ला नष्ट गर्यो

कृष्णनगरको नाकाबाट अबैध रुपमा ल्याउदै गरेका ९ हजार कुखुराका चल्लालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले बरामद गरेको छ । विशेष सुराकीको सहयोगमा प्रहरी टोलीले दुइओटा नाकाबाट सो परिणामका चल्ला बरामद गरेको हो ।  प्रहरी गस्ती टोलीले कृष्णनगर नगरपालिका– १ कुकुरभुकुवाबाट दुईपटक गरी ४ हजार ५सय १० र कृष्णनगर–३ लक्ष्मीनगरबाट दुई पटकमा ४ हजार ४ सय अवैध चल्ला बरामद गरिएको प्रहरी निरीक्षक सुभाषकुमार गैरेले जानकारी दिए। टोलीले कुकुरभुकुवाबाट रातिको समयमा २१ कार्टुनमा २हजार ३ सय १० र बिहान पुनः २१ कार्टुनमा २हजार ३सय १० गोटा चल्ला बरामद गर्न सफल भएको थियो। यसैगरी टोलीले लक्ष्मीनगरबाट राति १९ कार्टुनमा २हजार ९० गोटा र बिहान पुनः २० कार्टुनमा २हजार २ सय गोटा ब्रोइलर कुखुराको चल्ला बरामद गरेको गैरेले बताए।

बर्डफ्लू र स्वाइनफ्लूजस्ता डरलाग्दा रोगको संक्रमण फैलिन थालेपछि ब्रोइलर कुखुरा नेपाल भित्र्याउन प्रतिबन्ध लगाइएको छ। अवैधरुपमा प्रतिबन्धित चल्ला भारतबाट नेपाल ल्याउन लागेको भन्दै पक्राउ गरेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए। प्रहरीलाई देखेर तस्कर चल्लाको कार्टुन छाडी फरार भएकाले चल्ला बरामद गरिएको गैरेले बताए।प्रहरीले बरामद गरेको अवैध ब्रोइलर कुखुराको चल्ला बुधबार बिहान कृष्णगनर १ स्थित सुरही खोलामा लगेर खाल्डो खनी नष्ट गरेको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com