तीन नम्बर प्रदेशको पहिलो चरणको मन्त्रिमण्डल बिस्तार भए सँगै बाँकी मन्त्रालयको पनि भागबण्डा गरेर मन्त्री परिषद बिस्तारमा बाम गठबन्धन लागिरहे सँगै प्रदेश ३ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप सुरु भएको छ । यस अघी मुख्यमन्त्रिको सपथ गरेलगत्तै डोरमणी पौडेलले एमाले र माओवादी नेता सम्मिलित ३ सदस्यिय मन्त्रिमण्डल भने गठन गरिसकेका छन ।
प्रदेश नम्बर ३ मा एमालेको भागमा मुख्यमन्त्रीको साथै सभामुख पनि परेको छ भने माओवादीको भागमा उपसभामुख परेको छ ।
मुख्यमन्त्रीको सपथ सरेसँगै मन्त्रीको टिकट लिन सांसदहरुले यतिबेला कसरत गरिरहेका छन् । एमालेबाट अरुण नेपाल, राजेन्द्र पाण्डे, पशुपती चौलगाइ, प्रदिप कटुवाल, कैलाश ढुंगेल लगायतकाले आकंक्षा देखाएका छन भने माओवादी केन्द्रबाट बिशाल खडका, राजन दाहाल, लगायतका संसदहरुले आकंक्षा राखेको बुझिएको छ ।
मन्त्रीको विषयमा बिहीबार सम्भवत एउटा टुंगो लाग्न सक्छ,’ सांसद प्रदिप कटुवालले भने, ‘केन्द्रीय कमिटिले प्रदेश संसदीय दलबाटै टुंगो लगाउने बताएकाले गृहकार्य भइरहेको छ ।’ अब चाँडै मुख्यमन्त्री पौडेलले पार्टी अध्यक्ष र माओवादी केन्द्र सँग सल्लाह गरेर टुंग्याउने बताउनु भएको उहां निकट स्रोतले एम.टि.भि नेपाललाई बाताएको छ ।

English
MTV NEPAL MTVNEPAL


