लागत बढ्दै; तर निर्माण सुस्तायो

सोमबार, १ माघ, २०७४ मा प्रकाशित,
खोटाङ, माघ १ । खोटाङको साप्सु खोलामा पुल निर्माण शुरु भएको चार वर्ष बितिसक्दा समेत काम सम्पन्न हुने कुनै छाँटकाट छैन ।
कान्छाराम कन्ट्रक्सन देव एन्ड सायर जेबीले २०७४ साल वैशाखमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने पुल निर्माणको ठेक्का लिएको थियो । तर म्याद थप गरेर पनि ठेकेदार कम्पनीले निर्माणको काम भने सकेको छैन ।
६५ मिटर लामो पुल निर्माण शुरु भएको चार वर्ष वितिसक्दा पनि काम नभएपछि स्थानीय आक्रोसित बनेका छन् । तीन वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीले पुनः एक वर्ष म्याद थप गर्ने तयारी गरिरहेको छ । पुल निर्माणका लागि ६ करोडमा ठेक्का सम्झौता भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com