राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन प्रचण्डले दिए ग्रिन सिग्नल

तिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको खुलासा भएको छ । स्वयम् राष्ट्रपति भण्डारीले नै आफू पूनः राष्ट्रपतिमा ईच्छुक रहेको चाहना प्रकट गरेपछि वाम गठबन्धनका शीर्र्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई दोहोर्याउने वचनबद्धता गरिसकेको खुलास भएको छ ।

ओली त सुरुदेखि नै विद्यालाई दोहोर्याउने पक्षमा रहेको खुलासा धेरै पहिल्यैदेखि नै भैरहेको थियो । अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विद्यालाई नै पूनः राष्ट्रपतिमा दोहोर्याउने भन्दै अस्ति शुक्रबार भएको डिनर भेटवार्तामा वचन दिएका छन् । राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई डिनर खुवाएकी थिईन । उक्त डिनर पार्टीमा प्रचण्डले खुलेरै नै भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने वचन दिएको उच्च स्रोतको दाबी छ । यता ओली र ‘प्रचण्ड’ले भागबण्डाको गृहकार्य गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइसकेको बताइन्छ । तर भित्रि रुपमा दुवै नेताहरु भण्डारीको पक्षमा दृढ भएर उभिएका छन् । स्रोतका अनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना अहिले ह्वात्तै बढेर गएको छ । ओली र प्रचण्डबीच भण्डारी र पुनलाई नै यथावत राख्ने विषयमा एकचरण कुराकानी समेत भइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com