lgjf{rg cfof]usf] sfof{no sf7df8f}Fsf] sflGtkyl:yt lgjf{rg cfof]usf] sfof{no . tl:a/M /f]zg ;fksf]6f, /f;;

प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न सरकारलाई निर्वाचन आयोगको ताकेता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने भन्दै प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न पुनस् सरकारको ध्यानार्षण गराएको छ । राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै जतिसक्दो छिटो प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेश प्रमुखको नियुक्ति छिटो हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं,प्रवक्ता ढकालले लोकान्तरसँग भने, राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नुअघि मतदाता तयार हुन् भन्ने हो । राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ । राष्ट्रियसभा सदस्य चुन्नका लागि स्थानीय तहका अध्यक्षरउपाध्यक्ष र प्रमुखरउपप्रमुखसँगै प्रदेशसभा सदस्यहरुले मतदान गर्नुपर्ने हुन्छ। तर, सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्न ढिला गर्दा निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको सूची सार्वजनिक गर्न पाएको छैन। प्रदेशसभा निर्वाचनको सम्पूर्ण परिणाम आएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष नतिजा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ।
आयोग स्रोतका अनुसार सरकारले छिटो प्रदेश प्रमुख र मुकाम नतोकेको खण्डमा माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने खतरा छ । आयोगले मतदाता नामावली प्रकाशन गर्नुअगावै प्रदेश प्रमुख र मुकामको व्यवस्था नभए निर्वाचन कार्यतालिका प्रभावित हुने चेतावनी सरकारलाई दिएको छ ।   आयोगले यसअघि लिखित रुपमै पनि सरकारको ध्यानाकर्षण गराएको थियो । गत शुक्रबार बसेको आयोगको बैठकले यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारलाई पुनस् आग्रह गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले कानूनी जटिलतालाई कारण देखाउँदै प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसमेत सार्वजनिक गरेको छैन । आयोगले परिणाम सार्वजनिक गर्न राष्ट्रियसभा निर्वाचन कुरिरहेको अवस्थामा यो निर्वाचन प्रभावित भए नयाँ सरकार गठनमा समेत थप समय लाग्नेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com