लहान । सिरहाको सुखिपुर नगरपालिका-४ पोखरभिन्डामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका-४ का २३ वर्षीय गोबिन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
आइतबार राति हुकिंग गर्दा तार शरीरमा खसेपछि करेन्ट लागेर यादवको मृत्युु भएको प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए । तराईमा बिधुत चोरिको घटना धेरै हुने र बर्षेनी ठुलो सँख्यामा यस प्रकारको घटना भैरहने उनले बताए ।

English
MTV NEPAL MTVNEPAL


