रुसको निशाना बन्दै युक्रेनका अन्न भण्डार ,,१ हप्तामै ६० हजार टन अन्न नष्ट

रुस निशानमा अब युक्रेनका अन्न भण्डार बनेका छन् । रुसले अन्न भण्डार लक्षित गरी आक्रमण शुरु गरेको छ । युक्रनको ओडेसा शहरको बन्दरगाह क्षेत्रमा रुसले ड्रोन हमला गरेको छ । लगातार चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी युक्रेनले रुसले कब्जा गरेको क्राइमियामा ड्रोन आक्रमण गर्दा दुई वटा भवनमा क्षति पुगेको छ । रुसले यही जुलाई १७ तारिखमा युक्रेनसँगको अन्न निर्यात सम्बन्धी सम्झौता रद्द गरेको घोषणा गरेको थियो । त्यसयता रुसले युक्रेनका अन्न डिपोहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ । अन्तर्राष्ट्रिय अधिकारीहरुका अनुसार सात दिनमै रुसको आक्रमणबाट ६० हजार टनभन्दा बढी अन्न नष्ट भइसकेको छ ।।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com