बोल्नै नचाहने सञ्चार मन्त्रि रेखा शर्मा : नचाहेर कि नजानेर ?

सबैलाई थाहा भएकै कुरा हो अहिले सञ्चार तथा सुचना प्रवृधिको क्षेत्रमा अन्यौलतै अन्यौलता सृजना भईराखेको अवस्था छ । सुचना प्रवधि भनेको अपडेड भइरहने विषय हो । सुचना प्रवृधिका क्षेत्रमा विश्वव्यापी रुपमा अन्त्यन्तै तिब्र गतिले विकास भइराखेको छ तर नेपालको अवस्था भने लथालिंग छ । अरु त कुरै छाडौं सुचना प्रविधिसंग जोडिएका आवश्यक नियम कानुन समेत नबनेको अवस्था छ नेपालमा । नेपाली सञ्चार तथा सुचना प्रवृधिका क्षेत्रमा बाहिरि वर्चश्व हाबी बनिरहेको अवस्थामा समेत सम्बन्धित निकायको यसमा कुनै वास्ता छैन । सरकारले मन्त्रालय नै खडा गरेको छ तर मन्त्रालयले अहिले के काम गरिरहेको छ भन्नेमा नै सबैलाई अनविज्ञ पारिरहेको छ । अहिले सरकारमा सञ्चार तथा सुचना प्रवृधि मन्त्रि रहेकि छन् मा.रेखा शर्मा । आफ्नै पार्टीको सरकार भएका बखत समेत उनले पद ओगट्ने बाहेक केहि गरेको देखिदैन ।
पछिल्लो समय सञ्चार तथा सुचना प्रवृधिको क्षेत्रमा केहि शुधार हुन्छ कि भन्ने भान देखिएको थियो तर अहिले त्यो पनि अस्पष्ट छ । सरकारले केहि समयअघि विदेशि च्यानलको प्रशारणमा केहि नियम ल्याउन खोज्यो “आलाकार्ट प्रणाली” । यसले एक हिसाबले नेपाली सञ्चारमाध्यम तथा विज्ञापन व्यवसायिले थोरै भए पनि राहत महशुष गरेका थिए । सबैको आशा यहि थियो अब भने नेपाली सञ्चार माध्यमको सकारात्मक विकास हुने भयो तर अहः त्यो कुरामा पनि सरकार अडिक रहन सकेन । अलाकार्ट प्रणाली ल्याएको ४ दिन पुरा नहुँदै त्यो निर्णलाई स्थगित ग¥यो । एक त इत्त् क्ष्एत्ख् जस्ता अन्य विभिन्न माध्यममा विदेशि च्यानल प्रशारण भईरहेका छन् त्यसमा रोक त कहिले हो कहिले एउटा टेलिभिजनमा ल्याउन लागेकोे निति समेत लागु गरेन । आखिर किन ? हाम्रो टिमले पटकपटक यसबारेमा बुझ्न माननिय मन्त्रि ज्युलाई सम्पर्क गर्ने कोसिस ग¥यौ तर उनले समय थप्दै सम्पर्कमा आउनै चाहिनन् । जनतालाई सबै विषयमा सुसुचित गरनउजुपर्ने हो तर उनल दायित्वे विर्षेको जस्तो देखियो ।
उनका निजि सचिव नेत्र पौडेलले हामीसबै कुरा जानकारी गराउछौं यसविषयमा भन्छन् तर मन्त्रि ज्यु दुलो पस्न खोजीरहेकी छन् … आखिर किन ? हाम्रो टिम प्रशारण विभाग जाँदा सबै कुरा हाम्रो मातहतमा नहुने र मन्त्रि ज्यु लाई नै यसबारेमा जानकारि हुने बताइयो तर मन्त्रि ज्यु भने के मा व्यस्त हुनुहन्छ अत्तोपत्तो छैन । सञ्चार प्रवृधिको कुनै पनि ज्ञान नभएको मान्छे सञ्चार जगतको प्रमुख हुनु दुखद रहेको भनेर जनमानसबाट आवाज उठ्न थालेको छ । यस्ता मन्त्रिले केवल पद मात्र ओगट्न बसेको समेत उनिहरुको आरोप छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com