रियल जोडी रिलमा पनि देखिदैः संजोग कोइराला र बर्षा राउत

नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ अब एक चलचित्रको प्रस्तुतकर्ताको रुपमा अगाडि आउने भएका छन् । शिव श्रेष्ठको प्रस्तुतीमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ बन्ने पक्का भएको छ । अहिले यो चलचित्रको धमाधम प्रि प्रोडक्शनको काम भैरहेको छ ।
यो चलचित्रमा नायक शिव श्रेष्ठको विशेष एक्सन देख्न पाइनेछ । चलचित्रमा प्रेम जीवनमा रमाइरहेका जोडी संजोग कोइराला र बर्षा राउतलाई दर्शकले पर्दामा देख्न पाउनेछन् । यो चलचित्रमा बर्षा र संजोगलाई प्रेम जोडीको रुपमा देखाउन लागिएको निर्देशक दीपेश सापकोटाले जानकारी दिए ।
चलचित्रमा ‘बागमती’का निर्माता दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ । नायिका बर्षा राउतले पनि चलचित्रमा काम गर्न लागेको पुष्टी गरेकी छिन् ।
बर्षा अष्ट्रेलियाबाट नेपाल आउन अझै डेढ महिना लाग्नेछ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । चलचित्रमा नरेन खड््का पनि देखिदैछन्
चलचित्रको छायांकन नेपालसँगै केहि देशमा पनि हुने भएकाले छायांकन सुरु हुन केहि समय लाग्ने निर्माणपक्षले जानकारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com