एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणः कलेजका निर्देशक पाण्डेसहित ६ जना दोषी ठहर

विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ । अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ । अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसलामा उल्लेख गरिएको छ ।

प्रश्नपत्र आउट गराउने कार्यका संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ ला, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैलसा सुनाएको छ । यस्तै सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com