३ पुुस । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । अाइतबार बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा भएकाे खेलमा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३आैं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाएकी थिइन् । यस्तै, खातुनले खेलको ६९आैं र ७२अाैं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित गयो । नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । त्यसैगरी २१ डिसेम्बरमा नेपालले भुटानसँग सामना गर्नेछ भने यी देशमध्ये शीर्ष स्थानमा ठाउँ ओगट्न सफल २ टिमले डिसेम्बर २४ मा फाइनल खेल्नेछन् ।

English
MTV NEPAL MTVNEPAL


