म्याग्दीको ‘बेलढुंगा’बन्यो पर्यटकीय सुन्दर स्थल

२५ मंसिर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ ।  समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो ।  जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश भूभागका साथै बाग्लुङ, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले बताउनुभयो । “म्याग्दीको प्रसिद्ध धार्मिकस्थल स्वर्गाआश्रमबाट करिब ४५ मिनेटको दूरीमा छ, यहाँ रहेको विशाल चट्टानबाट विभिन्न हिमशृंखला, भौगोलिक विविधता, चार जिल्लाका दर्जनौँ ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ” उहाँले भन्नुभयो ।

भकिम्लीको मुसुङ, डोले, भुकभुके गाउँबाट करिब डेढघण्टाको दूरीमा रहेको बेलढुंगामा पुग्नु अगाडि धार्मिकस्थल स्वर्गाआश्रम, तपस्यास्थल, प्राचीनकालीन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलसमेत देखिने गरेको छ । पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घनाबस्तीलाई थिचोल्दै पहाडको शीरमा रहेको विशाल चट्टानमा बसेर दृष्य अवलोकन गर्न पाउनु यहाँको प्रमुख आर्कषण रहेको जिसीको भनाइ रहेको छ ।

बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरिलगायत दर्जन हिमशंखला, लालीगुराँसको घना जंगल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्य देखिन्छ । जंगलको बीचमा रहेको अग्लो ढुंगासम्म पुगेपछि त्यहाँ करिब ३० जना बस्न मिल्ने ठाउँसमेत रहेको स्थानीय युवा तारामिलन छन्त्यालले बताउनुभयो । गोलो आकारको ढुंगाको माथिल्लो भागमा बसेर मिनी वनभोजको समेत आयोजना गर्न सकिन्छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com