२६ मंसिर । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज विहान ९ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र प्रदेशसभा सदस्यतर्फ ३१८ प्रतिनिधि निर्वाचित भई सकेका छन । अब प्रतिनिधिसभा सदस्यतर्फ ८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यतर्फ १२ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ । प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० पदका लागि निर्वाचन भएको थियो ।
हालसम्मको विवरण अनुसार, प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले ७७, नेकपा (माओवादी केन्द्र) ३४, नेपाली काँग्रेस २१, राष्ट्रिय जनता पार्टी, नेपाल १० र संघीय समाजवादी फोरम, नेपालले १० स्थानमा जित हात पारेको छ । यसैगरी, नयाँ शक्ति पार्टी, १, नेपाल मजदूर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ स्थानमा विजयी भएका छन ।

English
MTV NEPAL MTVNEPAL


