बिश्व चर्चित फुटबलर लियोनन मेसिको नाममा एक पछी अर्को किर्तिमानी थपिंदै छ । हिजो भएको खेलमा गोल गर्दै उनले अर्को किर्तिमानी रेकर्ड राखेका छन । बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले गोल गर्ने क्रम जारी रहदा अर्को कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन्। स्पानिस ला लिगामा गएराती रियल सोसिडाडलाई ४-२ ले हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको टप फाइभ लिग मध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्।
मेसीले मुलरले ३९ वर्षअघि राखेको कीर्तिमान ब्रेक गर्दै आफ्नो नाममा लेखाएका हुन्। सोसिडाड विरुद्ध फ्रिकिकमा शानदार गोल गरेका मेसीले बार्साका लागि लिगमा गोलसंख्या ३६६ पूर्याएका छन्। यसका लागि उनले वायर्न म्युनिखबाट खेल्दै ३६५ गोल गरेका जर्मन गर्ड मुलरका कीर्तिमान ब्रेक गरे। मेसीले आफ्नो ४ सयौँ लिग खेलमा मुलरको कीर्तिमा बराबरी गरेका थिए। मेसीले यसअघि एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने मुलरकै कीर्तिमान (५२५) तोडेका थिए। डेढ दशकदेखि नोउक्याम्पमा खेलिरहेका मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६११ खेलमा ५३० गोल गरिसकेका छन्।

English
MTV NEPAL MTVNEPAL


