महालक्ष्मि नगरपालीका वडा नं ७ ले निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । दृष्टि आँखा केन्द्रको समन्वयमा गरिएको उक्त शिविरमा वडाका १८३ जनाले निः शुल्क आखा जाँच गराएका छन् । आँखा शिविरमा १०५ जना महिला तथा ७८ जना पुरुषले आाखा जाँच गराएको वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो ।
आखा जाँच गराएका मध्ये २६ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ३ जना बिरामीको आँखामा मासु पलाएको देखिएको तथा १ जनाको आँखाको नानी नै ड्यामेज भएको पाइएको दृष्टि आँखा केन्द्रका चिकित्सकले बताएका छन् ।
यसैबिच दृष्टि आँखा केन्द्रले मोतिबिन्दुको निःशुल्क जाँच गराईरहेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले पनि सहज सुविधा पाउन भनेर केन्द्रले यो कार्य थालेको हो । यस्तै महालक्ष्मि नगरपालिकाको वडा नं ७ का विपन्न वर्गलाई मोतिबिन्दुको अपरेशनको लागी वडाले नै सो संस्थासैग सहकार्य गर्दै अति कम शुल्कमा उपचार गर्ने वातावरण मिलाएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । यस्ता समस्या भएका स्थानियले वडा मार्फत उपचारमा जान पनि उहाँले आग्रह गर्नुभएको छ ।।

English
MTV NEPAL MTVNEPAL


