विदेशि पे टिभि च्यानलको मुल्य तोकियो ,२५० ठाउँमा झन् ४५० तिनुपर्ने सञ्चार मन्त्रालयको नियम कस्को लागी ?

कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न ‘आलाकार्ट’ शुल्क प्रणाली लागु गरेर नेपाली दर्शशलाई घाँस देखाएर खशि काटे जस्तै गरिरहेको सरकारले ती च्यानलको मूल्य तोकेको छ । एका तिर दर्शकले आफुले इच्छाएको च्यानलको मात्रै पैसा तिरे पुग्ने भनेर मख्ख पारिरहेको छ भने अर्को तिर प्याकेज प्याकेजमा विदेशि च्यानल भित्राईरहेको छ ।

सोझा दर्शकले भने सरकारको चलाखीको भेउ नै पाएका छैनन् । बरु पहिला २५० रुपैँयामा दर्शकले रोजी रोजी च्यानलले हेर्ने गर्थे तर अब त्यो पनि नपाउने भएका छ । २५० मा स्वदेशि विदेशि सबै च्यानल हेरिरहेका दर्शकले अब स्वदेशि च्यानलको छुट्टै अनि विदेशि च्यानलको छुट्टै तिर्नु पर्ने बाध्यता सरकारले बनाएको छ । यो नियम दर्शकलाई सहज बनाउन होईन लुट्न बनाएको प्रष्ट छ ।

आलाकार्ट प्रणली लागु गर्ने अवधारणा ल्याउँदा बुकेटको ४० रुपैंया पर्ने बताएको सरकारले अहिले मनपरि मुल्य तोकेको छ । जसमा Star India Private limited Rs.65 , Sony Pictures Networks India Private Limited Rs.65 ,Indiacast Media Distribution Private Limited Rs.25 , Home Box Office ( Singapore) Private Limited Rs.15 , Discovery Network Asica Pacific Private Limites 20 रुपैंया तोकिएको छ ।

यी बुकेटको मुल्यमा किन असमानता भनेर बुझ्न खोज्दा हामीसंगको टेलिफोन सम्पर्कमा मन्त्रालयका सहसचिव एवंम प्रवक्ता नेत्र प्रसाद सुवेदिले भन्नुभयो “ æ International Practise अनुसार नै नेपालमा लागु भएको हो । ती च्यानलको भ्युज अनुसार Costing गरिएको हुन्छ हामीले पनि सोही अनुसार राखेका हौं । त्यहाँ कुनैकुनै च्यानलहरु फ्रि मा पनि राखिएका छन् । यो हामीले आफ्नो मनमर्जिले रोखेका होईनौं । ”

त्यति मात्र होईन आलाकार्टा प्रणाली लागु गर्दा बुकेटको कन्सेप्ट नै नरहेको र पछि सञ्चार व्यवसायीको मर्मलाई पनि बुझ्नु पर्ने भनेर बुकेटको कन्सेप्ट राखिएको पनि प्रवक्ता सुवेदीले बताउनुभयो । त्यसो भए दर्शकलाई आर्थिक भार कम गर्नका लागी भनेर किन प्रचार गरिएको हो त ? व्यवसायी मर्मकै लागी २५० तिर्नु पर्ने दर्शकलाई ४५० सम्म तिर्नुपर्ने नियम ल्याएको ।

मन परेको च्यानलको मात्रै पैसा तिर्दा हुने भन्छ सरकारले तर बुकेटमा किन्दा के सबै मनपर्ने च्यानल मात्रै हुन्छन् त ? दर्शकले चाहेर नचाहेर प्याकेजमै तिर्नु पर्ने हुन्छ । प्याकेज मै तिरेपछि मन परोस् नपरोस् आखिर पैसा त गयो ।

पहिलो कुरा नेपालमा विदेशि कन्टेन्ट ल्याय पनि च्यानललाई पुर्ण रुपमा बन्द गर्नुपर्ने हो सरकारले तर विदेशि सञ्चार व्यवसायीको मर्मको लागी जे पनि गर्ने सरकारले नेपाली सञ्चार व्यससायीलाई नै मारमा पारिरहेको छ । करोडौं लगानी गरेका नेपाली टेलिभिजन च्यानल अहिले दयनिय अवस्थामा पुगेका छन् तर सरकार भने विदेशि च्यान स्वहोर्न मै व्यस्त छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com