भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी

भारतमा शाओमी नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ । ‘चिनियाँ आइफोन’ भनिने शाओमीले सामसुङलाई ६ वर्षमा पहिलोपटक एक नम्बरमा उछिनेको हो ।

भारतमा सन् २०१७ को अन्तिम त्रैमासिकमा सबैभन्दा बढी साओमीका स्मार्टफोन बिक्री भएका थिए । यस अवधिमा शाओमीको बजार हिस्सा २५ प्रतिशत रहेको छ भने सामसुङको मात्र २३ प्रतिशत छ । तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः लेनोभो, ओप्पो र भिभो रहेका छन् । यी तीनवटैको बजार हिस्सा ६ प्रतिशतको हाराहारीमा रहेको छ ।

यसैबीच, अर्को रिसर्च फर्म क्यानालिसका अनुसार शिओमीले २०१७ को चौंथो त्रैमासिकमा ८२ लाख स्मार्टफोनहरु बिक्री गरेको छ । जबकि यो अवधिमा सामसुङका ७३ लाख फोन बिक्री भएका छन् । यसले शाओेमीको बजार हिस्सा २७ प्रतिशत र सामसुङको २५ प्रतिशत रहेको अनुमान गरेको छ ।

भारतमा १५ हजारभन्दा कम मूल्यका फोनले अत्यधिक बजार लिने गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com