भर्खरै भारतले सार्वजनिक गरेको बजेटले नेपाली अर्थतन्त्रमा तरंग उत्पन्न भएको छ । नेपालबाट भारतमा निर्यात् हुने सामानमा भारतले उच्च भन्सार बनाएपछि नेपाली उत्पादनको निर्यात असहज बन्ने देखिएको हो । जसले गर्दा नेपालबाट निर्यात गरिने सामानको निर्यातमा नकरात्मक प्रभाव पर्ने बताइएको छ । बजेटको नीतिअनुसार भारतले नेपालबाट निर्यात् गरिने सामग्री जुुस, जुत्ता घिउ, तेल लगायतका सामाग्रीमा भन्सारको दर बढाएको छ । जसले नेपाली सामान भारतमा महंगो हुने र त्यसको प्रयोग र माग पनि कम हुने आकलन गरिएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्बभन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । नेपालबाट गोल्डस्टारलगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् । त्यस्तै, यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । त्यस्तै, केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । जुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ ।
यसै गरि भारतीय बजेटमा कृषि सुधारको लागि भन्दै ठुलो निकै ठुलो मात्रामा बजेट छुट्याईएको छ । वार्षिक ३० अर्ब अमेरिकी डलर बराबरको कृषि उपज निर्यात गर्दै आएको भारतले त्यसलाई १ खर्ब पुर्याउने भन्दै ठुलो मात्रामा बजेट घोषणा गरेको हो जसले गर्दा नेपाली कृषि क्षेत्रमा पनि भारतीय बजेटको प्रभाव पार्ने देखिन्छ । नेपाली कृषि क्षेत्रमा लागत बढ्दै जानू तर नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको सुधारमा उल्लेख्य काम गर्न नसक्नाले नेपाली कृषि क्षेत्रले भारतीय कृषि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिती नरहने पक्कापक्की छ । जसले गर्दा नेपाली कृषि क्षेत्र थप धराशायी बन्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ । खुला सिमाना, वस्तु आयातमा सहज निति जस्ता कारणले भारतबाट कृषि जन्य उपजको आयतमा थप सहज हुने देखिन्छ । भारतले किसानमुखी योजना ल्याएसँगै अहिले आयात गरेको भन्दा थप सस्तोमा सामान आयात गर्न सकिएतापनि नेपाली कृषकले उत्पादन गरेको सामाग्रीले नेपाली बजारमा बिक्री गर्दा आयतित सामाग्री भन्दा महंगो पर्न जान्छ जसकारणले नेपाली बजारमा दुरगामी प्रभाव पार्ने निश्चित छ ।
एका तर्फ भारतले नेपालबाट निर्यातित सामाग्रीमा कर थप्दै जानू तथा अबरोध सिर्जना गर्दै जानू तर भारतबाट आयातित सामानको सहज उपलब्धता हुनाले नेपाली बजारमा ठुलो प्रभाव पार्ने देखिन्छ । ९० प्रतिशत सामाग्रीको आयात भारतमा परनिर्भर रहेको नेपाली बजारले भावी दिनमा भारतीय बजेट नीतिको ठुलो दबाब नेपाली अर्थतन्त्रमा पर्ने देखिन्छ ,वाणिज्य मन्त्रालयका प्रवक्ता मुकुन्द प्रसाद पौडेलले भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भएकाले यस बारेमा छलफल गर्दै आधिकारीक धारणा सार्वजनिक गर्ने बताए । पौडेलले भारतीय बजेट नीतिको असरको बारेमा थप अध्ययन गर्दैै आगामी दिनमा त्यसको सुधारको लागि भारतीय सरकारसँग उचित पहल गर्नु पर्ने बताए ।

English
MTV NEPAL MTVNEPAL


