माघ १९ –चीनको साङ्घाई प्रान्तमा गुडिरहेको गाडीमा आगलागी हुँदा १७ जना पैदल यात्री घाइते भएका छन् ।
भ्यान ड्राइभरले चुरोट खाँदा चुरोटबाटै गाडीमा आगलागी भएको चीनको पत्रिका पिपुल्स डेल्ली चाइनाले जनाएको छ । गाडी अनियन्त्रित भई बाटोमा हिँडिरहेका १७ जना पैदल यात्रुलाई ठक्कर दिएको हो ।
घाइते पैदल यात्रुलाई अस्पताल भर्ना गरिएको र घाइते सबैको अवस्था सामान्य रहेको पिपुल्स डेल्ली चाइनाले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यहरुकहरुका अनुसार भ्यानमा ६ जना यात्रु रहेका थिए ।

English
MTV NEPAL MTVNEPAL


