साहित्यकार मनु ब्राजाकीले आज बाट हामी बाट विदा भएका छन । पाटन अस्पतालमा उपचार गराईरहेका बाज्राकिको शुक्रबार बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी जानकारी दिए । उनको ७५ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क शिरोघात रोगबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । बाज्राकिको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।

English
MTV NEPAL MTVNEPAL


