भाडाको सवारीसाधन बाट ठगी गर्ने दुई व्यक्ति पक्राउ

२६ पुस, काठमाडौं । रिकण्डिसन व्यवसायको आडमा सवारी साधन भाडामा लिएर करोडौं ठगी गर्ने दुई व्यक्ति मंगलबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, साङ््लाका ४१ वर्षीय शिवहरि कार्की र काठमाडौं–१६, बालाजु बस्ने ३५ वर्षीय दिनेश कार्की छन् ।
उनीहरुले पेप्सीकोलामा सञ्चालन गरेको रामभोले भेइकल सप्लायर्सको आडमा होन्डाई आइ ट््वान्टी, स्कर्पियो र सेन्ट्रो गाडी भाडा लिएर सवारी धनीलाई भाडा समेत नतिरी दुई वटा गाडी वेवारिसे छाडेर भागेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनीहरुले प्रत्येक गाडीको मासिक १ लाख ५ हजार रुपैयाँ भाडा तिर्ने सहमति थियो ।
तर, भाडा समेत नतिरि दुई वटा गाडी वेवारिसे र एउटा गाडीलाई बेपत्ता बनाएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले ३७ लाख ३५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । अनुसन्धानको क्रममा दुई जना व्यक्तिले अन्य व्यक्तिहरु समेत सवारी साधन भाडामा लिएर गाडी र भाडा दुवै नदिइ करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले चितवनको वीरेन्द्रनगरकी एक महिलासँग १२ लाख रुपैयाँ र काठमाडौंको टोखा बस्ने महिलासँग ३५ लाख रुपैयाँ लिइ पैसा नभएको खाताको चेक दिएका थिए ।
त्यस्तै, बैशाखमा सिन्धुपाल्चोकस्थित चौताराका एक व्यक्तिबाट बा १३ च ४५२३ नम्बरको स्कर्पियो गाडी मासिक १ लाख रुपैयाँ दिने गरी लिएर अर्का एक व्यक्तिलाई सो गाडी २९ लाख रुपैयाँमा स्कोर्पियो विक्री गरेको खुलेको छ ।

उनीहरु धादिङ र धनकुटाका दुई व्यक्तिसँग समेत कार र स्कोर्पियो भाडामा लिइ बेपत्ता भएका थिए ।

उनीहरुमाथि मुलुकी ऐन ठगी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com