निर्वाचन आयोगलाई ओलीको कटाक्ष– कानूनी अप्ठ्यारो छ भने गोविन्द केसीलाइ सोध्नुस् !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा विभिन्न बाहाना खोजिएको आरोप लगाएका छन् । जनताको अभिमतको अनादर र अबमूल्यन गर्दै नयाँ सरकार गठनमा अबरोध गर्न लज्जाजनक ढंगले विभिन्न प्रकारका बाहाना खोजिएको ओलीको आरोप छ ।  उनले निर्वाचन आयोगसमेत विभिन्न किशिमको ‘व्याल्कमेलिङको शिकार भएको टिप्पणी सुनिने गरेको बताए ।  नियमित स्थास्थ्य जाँचका क्रममा थाइल्याडको राजधानी बैंकक जाने क्रममा बुधवार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष ओलीले सरकार हस्तान्तणका लागि गर्नुपर्ने अवस्यक तयारी मात्र वर्तमान सरकारले गर्न सक्ने बताएका हुन् ।‘सरकार कहिले अध्यादेश रोकियो भनेर भन्छ । अध्यादेश पारित भएपछिपनि अझै लम्बाउन सकिन्छ कि भनेर बहाना गरिरहेको छ’ ओलीले भने, ‘निर्वाचन आयोग पनि विभिन्न प्रकारको व्लायकेलिङको शिकार भएको छ भन्ने कुरा सुनिन्छ, कति साचो हो उहाँहरुले जान्नु होला ।’

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले सम्मानजनक व्यबस्थापनका लागि उपराष्ट्रपति पद दावी गरेको समाचार प्रकाशमा आएका थिए ।  ओलीले कानूनी कुरामा भ्रम भए डा गोविन्द केसीसँग सोध्न आयोगलाई सुझाव दिए । ‘यदी उहाँहरुलाई कानूनी कुरामा नै अप्ठेरो लाग्यो भने  गोविन्द केसीजीसँग गए हुन्छ । केसीले धेरैवटा कानून भनिराख्नु भएको छ । त्यो अदालतले जान्ला’ ओलीको कटाक्ष थियो ।  अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने र प्रमुख नियुक्त गर्ने सरकारको दायित्व भएपनि अलमल गरिरहेको आरोप लगाए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com