३ माघ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा एक जना व्यवसायीको हत्या भएको छ । माटो व्यवसायमा संलग्न स्थानीय ५५ वर्षीय सीताराम सैंजूको बुधबार बिहान हत्या भएको प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनको हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
सैंजुको शव बिहान करिब ५ बजे भक्तपुर–९, ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको खुलेको छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान भइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


