विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ। बुधबार बिहान ५ बजेतिर विराटनगर–६ का प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगलागी हुँदा पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जल्दा अनुमानित ४० लाख मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए। आगलागी भएकोे र आगोलागीमा परी धनमाल वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। (रासस)

English
MTV NEPAL MTVNEPAL


