सरकारी विद्यालयका शिक्षक सुध्रिनु आवश्यक छ ठाउँ ठाउँमा अब विद्युतीय हाजिरको सुरुवाती

नारायण प्रसाद भण्डारी । सरकारी काम कहिले जाला घाम रु भन्ने उखानको प्रयोग नेपालमा धेरै हुने गर्दछ । सरकारी कर्मचारीले ध्यान नलगाई काम गरेको र आफ्नो कामप्रति त्यत्ति बढी जिम्मेवारी बोध नगरेको गुनासो धेरैतिरबाट सुनिन्छ । सरकारी विद्यालयको कुरा गर्दा धेरैले पढाई कम गुणस्तरीय हुने विद्यालयका रुपमा बुझ्न बाध्य भएका छन् । यो कुरालाई त्यहाँको नतिजाले पनि पुष्टी गर्दछ । आखिर किन सरकारी विद्यालयमा किन पढाई राम्रो हुँदैन त ? यसको उत्तर सजिलो छ त्यहाँको शैक्षिक प्रशासन र शिक्षकको लापरबाहीका कारण । नत्र भने सरकारीका भन्दा बढी जान्ने शिक्षक निजी विद्यालयमा पनि हुँदैनन् तर उनीहरुले नियमित रुपमा मेहनेत गरेर विद्यार्थीलाई हेरचाह गर्दछन् । सरकारी विद्यालयका केही स्कुलमा भने निकै राम्रो प्रगति भइरहको छ । उनीहरुले निजी विद्यालयको भन्दा राम्रो नतिजा ल्याइरहेका छन् । यसले इच्छाशक्ति भएमा सरकारी विद्यालयलाई पनि सुधार्न सकिन्छ भन्ने कुराको पुष्टी गर्दछ , सरकारी स्कुलका शिक्षकलाई लाग्ने सबैभन्दा ठूलो आरोप भनेको समयमा नआउनु र समयभन्दा पहिले नै विद्यालयबाट भाग्नु साथै त्यसको राम्रोसँग निरीक्षण नहुँनु । तर अहिलेको दुनीयामा सूचना प्रविधिले फड्को मारिसकेको हुँदा त्यस्ता कुरालाई सहजै नियन्त्रण गर्न सकिने प्रविधि भित्रिसकेका छन् । अब कर्मचारीको हाजिर गर्ने पद्धतिमा व्यापक सुधार आइसकेको छ । धेरै दिनको हाजिर एकैदिनमा गर्ने कुसंस्कार अब अन्त्य हुने भएको छ । ठाउँ ठाउँमा अब विद्युतीय हाजिरको सुरुवाती भइसकेको छ ।

त्यस्तै प्रविधि स्यांजाको फेदीखोला गाँउपालिकामा रहेको सामुदायिक विद्यालयले पनि सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक प्रशासनलाई सुदृढ गराउन विद्युतीय हाजिरी सुरुवात गरेका हौं,’ फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘अहिले ८ माध्यमिक विद्यालय र २ आधारभूत तहका विद्यालयबाट विद्युतीय हाजिरीको सुरुवात गरेका छौं ।’ सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँपालिकाले अभियानै चलाउन लागेको सुवेदीले बताए । गाउँका विद्यार्थीसमेत निजी विद्यालय केन्द्रित भइरहेको अवस्थामा सामुदायिक विद्यालय सुधार नगरी नहुने अवस्था रहेको उनी बताउँछन् । ‘शैक्षिक संस्थालाई पनि स्थानीय तहले नै हेर्ने अधिकार प्राप्त भएपछि सामुदायिक विद्यालयको स्तर खस्कनुमा हामी पनि दोषी ठहर्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘विद्युतीय हाजिरीले शिक्षकलाई उत्तरदायी र विद्यालयप्रति जिम्मेवारीवोध गराउँछ भने गाउँपालिकालाई निगरानी गर्न सहज हुनेछ ।’विद्युतीय हाजिरी सुरुवात भएका विद्यालयका प्रत्येक महिना गाउँपालिकालाई रिपोर्ट आउने सुवेदीले बताए । ‘कुन शिक्षक कुन दिन विद्यालय गएनन् भन्ने रिपोर्ट गाउँपालिकामा आउँछ,’ सुवेदीले भने, ‘हाजिरी गरेर पनि नपढाउने शिक्षकमाथिसमेत हामीले निगरानी बढाउँछौं ।’

सिद्धार्थ मावि फेदीखोलाबाट विद्युतीय हाजिरीको औपचारिक सुरुवात गरिएको हो । शिक्षक ढिलो विद्यालय जाने र छिटो बाहिरिने गुनासो समेत गाउँपालिकामा आउने गरेको थियो । यो त भयो फेदीखोला माविको कुरो अब अन्य विद्यालयमा पनि यस्ता प्रविधिको प्रयोग थालियो भने पक्कै पनि कामचोर शिक्षकलाई ठेगान लगाउन सकिन्छ । विद्यार्थीको भविष्यसँग सरोकार राख्ने पढाइको विषयलाई धेरैले सामान्य रुपमा लिएका छन् र धेरै ठाउँको शैक्षिक गुणस्तरलाई लथालिंग बनाइरहेका छन् । विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । यदी कसैले खेलवाड गर्न खोज्छ भने त्यस्तालाई पदबाट बर्खास्त गरिनुपर्छ । नेपालमा योग्य जनशक्ति काम नपाएर त्यसै भौतारिरहेका छन् । उनीहरुलाई अबसर दिन सक्नुपर्छ । यदी पदमा बसेर जिम्मेवारी सम्हालेर पनि आफ्नो जिम्मेवार प्रति कोही उदासिन हुन्छ भने त्यसप्रति हामी सबैले प्रतिवाद गर्न सक्नुपर्छ र सिक्नुपर्छ पनि । शैक्षिक र प्रशासनिक भ्रष्टताको भण्डाफोरमा सबै लाग्नुुपर्छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com