ब्याट्री साट्ने योजनाबाट एप्पललाई १० अर्ब डलर नोक्सान

वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम अर्थात् ब्याट्री सट्टापट्टा कार्यक्रमबाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ ।

पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट्ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो आइफोनको ब्याट्री फेरेर काम चलाउने देखिएको विश्लेषकले जनाएका छन् । यसले आइफोनको बिक्रिमा उल्लेखनीय असर पूराउने बताइएको छ ।

पूराना मोडेलका आइफोन स्लो गराएको आरोपमा हालै माफी समेत मागेको एप्पलले हालै नयाँ ब्याट्री सस्तो मूल्यमा फेरिदिने कार्यक्रम अघि सारेको छ । जस अनुसार वारेन्टी सकिएका आइफोन सिक्स वा त्यसभन्दा पछाडिका आइफोनका मोडेलका ब्याट्रीहरु २९ देखि ७९ डलर सम्ममा साटिदिने कार्यक्रम एप्पलको छ ।

एप्पलको यस ब्याट्री साटिदिने कार्यक्रमबाट उसका १ करोड ६० लाख नयाँ आइफोनको बिक्रि घट्ने बार्कलेसको छ । जुन भनेको उसको कूल राजश्व आम्दानीको ४ प्रतिशत हो ।

यस कार्यक्रम अन्तर्गत झण्डै ५१ लाख पूराना आइफोनका ब्याट्री साटिन सक्ने अनुमान गरिएको छ । यसरी ब्याट्री सट्टापट्टाबाट एप्पलले १ अर्ब ५६ करोड आम्दानी गर्नेछ । तर यसका कारण नयाँ आइफोनको बिक्रिमा हुने गिरावटबाट उनले १० अर्ब डलर गुमाउनेछ ।

स्मरण रहोस् आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्ल्स, आइफोन एसइ, तथा आइफोन सेभेन र सेभेन प्लसका ब्याट्री प्रयोगकर्ताले साटेर सस्तो मूल्यमा नयाँ फेर्न पाउनेछन् ।

नयाँ ब्याट्रीका लागि सफ्टवेयर अपडेट पनि जारी गरिने एप्पलले जनाएको छ । यसबाट प्रयोगकर्तालाई आइफोनको ब्याट्रीको हेल्थ थाहा पाउन सजिलो हुनेछ । साथै ब्याट्रीका कारण फोनको पर्फमेन्समा असर परे नपरेको पनि प्रयोगकर्ताले थाहा पाउन सक्नेछन् । – एजेन्सीको सहयोगमा

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com