काठमाडौं नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो। बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने फिल्म ‘कथा काठमान्डु’को अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारबाहीसमेत गर्न सकिने गरी बोर्डले लेखेको पत्रमा निर्माण पक्षले आपत्ति जनाएको छ।
निर्देशक संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ‘कथा काठमान्डु’को प्रोमोसनमा व्यस्त छिन्। असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ। फिल्ममा विजय राईको लगानी छ।

English
MTV NEPAL MTVNEPAL


