क्वालालम्पुर मलेसियामा ६ जना नेपालीको मृत्यु

क्वालालम्पुर । गत सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएको छ । नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए ।
क्वालालम्पुर नेपाली दूतावासका अनुसार १६ जना नेपालीहरु विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु उपचारमा छन् । मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा धादिङ, बसेरी(३ का मिमबहादुर घले, रुपन्देही, मसिना(६ का रामकुमार यादव, धादिङ, बसेरी(३ का मिमबहादुर घले, रुपन्देही, मसिना(६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी(५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा(९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोले हुन् तर, उनको जिल्ला यकिन हुन सकेको छैन ।
पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गरेपछि मृतकको शव सम्बन्धित रोजगारदाताको सहयोगमा पठाउन पहल भइरहेको नेपाली दूतावासले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ भने विषाक्त मदिराको स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।दूतावासले स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत मलेसियामा रहेका नेपालीहरुलाई आहृवान गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com