बार्सिलोना र रियल मड्रिडलाई फराकिलो जित

माघ ८ । स्पेनिस लिग फुटबलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति भएको खेलमा रियल बेटिसलाई ५–० ले हराएको छ ।

बेटिसलाई उसैको मैदानमा पराजित गर्न बार्साका लियोनल मेस्सी र लुईस स्वारेजले दुई–दुई गोल गर्दा ईभाँ राकिटिचले एक गोल थपे ।

गएराति नै भएको खेलमा रियल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ७–१ को भारी अन्तरले पराजित गर्याे ।

रियलका लागि क्रिष्टियानो रोनाल्डोे, ग्यारेथ बेल र नाचो फर्नान्डेजले दुई–दुई गोल गर्दा लुका मोड्रिचले एक गोल थपे ।

ला लिगामा गएराति सेल्टा भिगोले रियाल सोसीडाडलाई २–१ ले हराउँदा आलाभेज र लेगानेजले २–२ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

समान खेलबाट ४३ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो तथा ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको रियाल मड्रिड भने ३५ अंकका साथ चौथो स्थानमा समेटिएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com