बलिउडकर्मीको यौन धारणामा परिवर्तन

बलिउडकर्मीको निजी जीवनबारे बेलाबखत संचारमाध्यममा समाचारहरु आउँछ । त्यसमा उनीहरुले के खान्छन्, कस्तो लगाउँछन्, कस्तो ठाउँमा बस्छन् भन्ने जस्ता सबै कुराको बेलिबिस्तार लगाइएको हुन्छ । अहिले बलिउड सेलिब्रेटीको यौन जीवनबारे चर्चा गरिएका समाचारहरु आएका छन् ।

एक अन्र्तवार्तामा ट्वींकल खन्नाले आफु र अक्षयकुमारबीचको यौन सम्बन्धबारे कुरा गरेकी थिइन् । उनले खुलेर आफ्नो यौन जीवनको धारणबारे चर्चा गरेकी थिइन् । ट्वींकलले अन्र्तवार्ताको क्रममा भनेकी थिइन कि, यौन हिजो र आज उत्तिकै आवश्यक हुन्छ । यौन हरेक उमेरमा चाहिन्छ ।

बलिउड सुपरस्टार राजेश खन्नाकी छोरीसँग अक्षयकुमारले १५ बर्षअघि बिवाह गरेका थिए । अहिले उनीहरुको एक छोरो समेत छन् । अक्षय विवाहअघि लभर ब्वाइको रुपमा चिनिन्थे । उनी एकसाथ धेरै युवतीसँग अफेयरमा राख्थे । बलिउडकी अभिनेत्रीहरुसँगको उनको लभ र रोमान्सको कुरा अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । ट्वींकलसँग बिवाह गरेपछि चाहि उनी पारिवारिक भएका छन् ।

ट्वींकलले भनेकी छिन्, ‘अक्षयको जुन चिजले मलाई अकर्षित गथ्र्यो, त्यो समयसँगै बदलिएको छ ।’

ट्वींकलको मात्र कुरा होइन, अभिनेता शाहिद कपुरले पनि एक कार्यक्रममा आफ्नो यौन धारणा खुलेर बताएका थिए । अहिले उनले मिरा राजपुतसँग बिवाह गरेका छन् । त्यसअघि थुप्रै अभिनेत्रीसँग रोमान्स गरिसकेका शाहिदले भनेका थिए, ‘यौनका लागि म अभिनय पनि छाड्न पनि सक्छु ।’

अभिनेत्री नरगिस फखरी यौनको विषयमा कुरा गर्न कतिपनि लाज मान्दिनन् । उनी रिलेसनसीपमा यौन अनिवार्य हुने धारणा राख्छिन्

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com