प्रमाणपत्रमा भएको त्रुटि सच्याउने समय ५ वर्ष कायम गरियो ,, नागरिकता सच्याएको एक वर्षभित्र पनि दरखास्त दिन पाइने

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि थपिएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरे पछि समयावधि थपिएको हो ।

पहिला प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको राखिएको थियो । यस नियमलाई संशोधन गर्दै सरकारले पाँच वर्ष कायम गरेको गृह मन्त्रालयले जनाएको छ ।

आफ्ना महत्पुर्ण कागजातहरुमा हुने गरेका त्रुटीका कारण विद्यार्थीले धेरै नै झण्झट व्यहोर्नु परेको थियो । केहि कागजातमा सच्चाउनै नमिल्ने त मिल्ने कागजात सच्चाउन पनि धेरै सास्ति थियो ।

गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लमगि सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएर आएको जानकारी दिनुभयो ।

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।

कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।

त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउने गृह मन्त्रालयले जानकारी दिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com