अब विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने ,,तर नागरिकता त्याग नगरेकाले मात्रै

विदेशमा बस्ने नेपालीले पनि अब भोट हाल्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ । नेपालमा लामो समयदेखि बहसमा रहे पनि कार्यान्वयनमा आउन नसकेको विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था अभ्यासमा ल्याउन पहल शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसका लागि कानुन संशोधनको प्रक्रिया शुरु भईसकेको हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।

उहाँले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली सङ्कलनका लागि कार्यविधि बनाएर सरकारलाई बुझाइसकिएको जानकारी दिनुभयो ।

विदेशको डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीहरूले मात्रै विदेशबाट मतदाता नामावलीमा नाम समावेश गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com