२३ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। मूल्य वृद्धि नगरेमा निगमले वार्षिक १ अर्व ६ करोड घाटा व्यहोर्नु पर्ने अवस्था रहेको र वृद्धिपछि पनि निगमले ४ करोड घाटा व्यहोर्नु पर्ने गोइतले बताए।

English
MTV NEPAL MTVNEPAL


