नेपाल टेलिकम १५ औँ वर्षमा

काठमाडौं, माघ २२ – नेपाल टेलिकमले सोमबार १५ औँ वार्षिकोत्सव मनाउँदैछ ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्ला दिनहरुमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो ।
गएको वर्षदेखि टेलिकमले जीएसएमअन्तर्गत देशमै पहिलो फोरजी सेवा सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौं र पोखरामा सञ्चालित फोरजी सेवालाई छिटै देशका सबै ठाउँमा विस्तार गर्ने टेलिकमको लक्ष्य छ ।
टेलिकमले सबै जिल्लामा आफ्ना सेवा विस्तार गरिसकेको छ ।

जीएसएम मोबाइलका ग्राहक एक करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १६ लाख ५० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ८२ हजार रहेका टेलिकमले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com