नेपाली क्रिकेट विवादको समाधानका लागी कमिटि गठन

काठमाडौं, माघ १५ । क्रिकेट विवादको समाधानका लागि मनिटरिङ कमिटी गठन गर्न आईसीसीले प्रस्ताव गरेको छ ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेख सहितको सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।

यसैगरी निर्वाचित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् ।

उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।

आइसीसी टोलीले आज सरकारी प्रतिनिधिहिरुसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com