बुधबार, १९ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस १९ । नेपालको औद्योगिक नीतिमा वृहत्तर सुधारको जरुरी रहेको विशेषज्ञहरुले बताएका छन्् ।
खुल्ला अर्थव्यवस्थाको नीति लिने तर उत्पादन प्रवद्र्धनमा जोड नदिने गर्दा मुलकको अर्थतन्त्रमै असर पर्न थालेको उनिहरुको मत छ ।
निर्यात गर्न नसक्नु र आयातमा झन्् बढी निर्भर रहने बाटोमा हिंड््दासम्म विकासको अवसरबाटै बञ्चित रहनुपर्ने निष्कर्ष उनीहरुको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा सीएनआईका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा आर्थिक विकासको ठूलो सम्भावना हुँदाहुँदै पनि सरकारी लापरवाहीका कारण मुलुकले ठूलो घाटा ब्यहोरिरहेको गुनासो गर्नुभयो ।
३० देखि ५० प्रतिशत नीति उद्योगधन्दालाई असहज बनाउने खालका रहेको उहाको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्माले आर्थिक नीतिमा सुधार नहुँदासम्म विकासको परिकल्पना पूरा नहुने भन्दै यसमा गम्भीर बन्न सरकारलाई सुझाउनुभएको छ ।

English
MTV NEPAL MTVNEPAL


