पुस १९ – सोमबार नयाँ वर्षको शुभकामना दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले परमाणु बमको स्वीच आफ्नो डेस्कमा रहेको बताउनुभएको थियो ।
अहिले यहि भनाईको जवाफ दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता उनसँग भन्दा आफूसँग ठूलो र शक्तिशाली परमाणु बमको स्वीच रहेको बताउनुभएको छ ।
नेता उनले परमाणु बमको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने र पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको भन्दै चेतावनी दिनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भनाईको जवाफ बुधबार ट््वीट मार्फत दिनुभएको हो । उहाँले ट््वीट मार्फत किमसँग भएको भन्दा ठूलो र शक्तिशाली परमाणु बटन आफूसँग रहेको भन्दै उत्तर कोरियालाई चेतावनी दिनुभएको हो ।
पाकिस्तान, प्यालेस्टाइन र अहिले आएर उत्तर कोरियाका नेतालाई लक्षित गरी ट््वीट गर्नुभएको हो ।
विश्वका नेताले परमाणु हतियारलाई निकै हलुका रुपमा लिएको भन्दै धेरैले आलोचना गरेका छन्् । तर ट्रम्पका समर्थक भने उहाँको पक्षमा उभिएका छन्् ।

English
MTV NEPAL MTVNEPAL


