‘नाईं नभन्नू ल ५’ मा पनि प्रियंकाको निरन्तरता

लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यको ‘नाईं नभन्नू ल’ सिरिज ५ का लागी कलाकारहरुको फाईनल भएको छ ।
‘नाईं नभन्नू ल ५’ मा नायिका प्रियंका कार्की मुख्य भुमिकामा देखिने भएकी छिन भने नायिका स्वस्तिमा खड्का पनि इन्ट्रि गर्ने भएकी हुन ।
प्रि÷प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ मा । प्रियंकाको अपोजिटमा अभिनेता दीलिप रायमाझीलाई अनुबन्धित छन् ।
यस्तै बाल कलाकार अनुभव रेग्मीका लागि नयाँ बाल कलाकार सेड्रिना शर्मा अनुबन्धित भएकी छन् । अनुभव र सोड्रिना यतिबेला वर्कसर्पमा व्यस्त छन् ।
फिल्ममा प्रियंका र स्वस्तिमा आमा र छोरीको भूमिकामा रहनेछन् । यस्तै कलाकारहरु बुद्धि तामांग, जयनन्द लामा र नयाँ अनुहार अभिषेक नेपालले ‘नाईं नभन्नु ल ५’ मा अभिनय गर्नेछन् ।

चैतको दोश्रो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । बसन्त सापकोटाको संगीत यथावत रहनेछ भने पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com