वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
शारिरिक अपांगता भएका हकिङले ब्ल्याक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका थिए । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो ।
उनि प्राध्यापक तथा भौतिक शास्त्री हुन् । उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा गरेका हुन् ।
हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ
केही तथ्यहरुः
उनको जन्म सन् १९४२, जेनेवरी ८ मा भएको हो ।
१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए । त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे ।
१९६३ मा उनलाई मोटर न्यूरोन भन्ने रोग देखियो । त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो ।
१९७४ मा उनले ब्ल्याक होलले हकिङ रेडियसनु फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गरे ।
१९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ ।

English
MTV NEPAL MTVNEPAL


