धर्म आस्था कि बाध्यता ? ईसाई धर्मको प्रचार गर्ने गरोह अब शहरमा पनि सल्बलाउँदै धर्मको नाममा बालमनोविज्ञान माथि समेत खेलिदै छ ...

धर्म मानिसको आस्था हो / विश्वास हो । जस्ले मानिसलाई दैवि शक्तिसंग जोड्छ । जस्ले मानिसलाई नैतिक आचरण, व्यवहार, सामाजिक मूल्य तथा मान्यता सिकाउँछ । मानिसलाई एउटा दायरामा राख्छ । धर्म जस्ले मानिसलाई अरु सजिव प्राणीमा पनि सर्वश्रेष्ठ प्राणी कहलाउन मद्दत गरेको छ ।

धर्मको सार एउटै भएपनि मानव सँस्कृतीको विकाश क्रमसंगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ । मानिसले आफ्नो भुगोल,परिवेश, बर्चश्व अनुसारका धर्महरु मान्दै आएका देखिन्छ ।

विश्व समुदायलाई नियाल्ने हो भने । विश्वमा सबैभन्दा धैरै मानिसहरुले ईसाई अर्थात क्र्रिश्चियन धर्म मान्दै आएका छन् । त्यसपछि क्रमश ईस्लाम, हिन्दू, बौद्ध, यहुदी लगायतका अन्य धर्महरु मान्ने गरेको देखिन्छ ।

अहिले विश्वमा करिब डेढसय बढी देशहरुले आफुलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषित गरिसकेका छन् । तर हाम्रो देश नेपालमा भने धर्म निरपेक्ष राष्ट्र भनियपनि पुर्ण रुपमा लागु हुन केहि समय अझैं लाग्ने देखिन्छ । किनभने छिमेकी राष्ट्र भारत र हाम्रो देश नेपाल मात्रै विश्वका यस्ता मुलुक हुन जुन मुलुकमा हिन्दु धर्मको छुट्टै महत्व छ । छुट्टै ईतिहास छ । यसको मतलब नेपालमा अरु धर्म अनुसरण गर्ने मानिसनै छैनन् भनेको होईन तर अझैं पनि नेपालको ८१ प्रतिशत बढी जनसंख्याले हिन्दु धर्म मान्दै आएका छन् । जुन कुरा २०७८ को जनगणनाले पनि स्पष्ट पारेको छ ।

नेपालमा हिन्दु धर्मको बाहुल्यता भएतापनि अन्य धर्मप्रतिको सम्मान पनि उत्तिकै गरिन्थयो । जुन धर्म माने पनि सबै मानिसमा सहिष्णुताको भावना रहेको थियो । त्यसैले पनि होला आजसम्म नेपालमा अन्य मुलुकमा जसरी धार्मिकद्धन्द्ध भएको हामीले देखेका छैनौं तर पनि पछिल्लो समय देशको अवस्था नियाल्दा अब भने नेपालमा पनि धार्मिक द्धन्द्ध निम्तिने संकेत देखिएको छ ।

समाजमा एकअर्काको धर्मको गलत प्रचार गर्दै धार्मिक खलल निम्त्याउने गिरोह सल्बलाउन थालेको देखिन्छ । यहाँहरुले पनि आफ्नो गाउँसमाजमा हेर्नुभयो भने त्यहाँ विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गर्न लगाउने समुह नै हिडेको देख्नुभएको छ होला ?
केहि समय अगाडि तराईका विभिन्न जिल्लामा घरघरमा नै गएर क्रिश्चियन धर्मको प्रचार प्रशार गर्ने गिरोहलाई स्थानियले नै बहिष्कार गरेर कालोमोसो दलेर लखटेका खबरहरु पनि मिडियामा आएका थिए । यस्ता गिरोहले विशेष गरि आर्थिक रुपले निम्न रहेका वर्गलाई निशाना बनाएर यस्ता प्रचार प्रशार गरेको पाईन्छ । बच्चालाई राम्रो शिक्षाको व्यवस्था गराईदिने ,आर्थिक रुपमा सहयोग गर्ने, जागिर लगाईदिने लगायतका विभिन्न प्रलोभन देखाएर हिन्दु धर्मको गलत प्रचार गर्दै क्रिश्च्यिन धर्म मान्न दबाब दिने गरेका छन् । भोको पेटले धर्म मान्न पनि नसकिने … यस्तो अवस्थाको उनिहरुले फाईदा उठाएर यस्ता गलत हर्कत गरिरहेका छन् ।

समाजमा यस्ता धार्मिक खलल निम्त्याउन लागि परेका गिरोह तराई ,गाउँ मात्रै होईन अब शहरमा पनि छ्यापछ्याप्ति देखिन थालेका छन् ।
परिपक्क व्यक्तिलाई यस्ता भ्रममा फसाउन नसकिने सोचेर होला यस्ता गिरोहले बालमनोविज्ञानलाई नै खलबलाउने गरि क्रिश्चियन धर्मको प्रचार गर्ने गरेका छन् । विशेष गरि मानिसहरुको आवतजावत बढी हुने स्थान ,सिनेमा हल,सपिङ मल, पार्क लगाएतका सार्वजनिक ठाउँहरुमा स–साना बालबच्चाहरुलाई धर्मको प्रचार हुने गरि वरिपरि पर्चा पम्लेटहरु टाँसिएका विभिन्न उपहार दिने ,चक्लेट,खेलौना लगायतका वस्तुहरु दिने गरेको पाईन्छ ।
आफुले मान्दै आएको धर्म आफुलाई प्यारो लाग्छ । आस्था बढी लाग्छ त्यो स्वभाविक पनि हो तर त्यसको मतलब जबरजस्ति यो धर्म मान, त्यो नमान भन्न पाईन्छ ? अझं बाल मनोविज्ञानको ख्यालै नगरि उनिहरुलाई आर्कर्षित गर्न अनेक हतकण्डा अपनाउन पाईन्छ ? धर्म भन्ने कुरा उनिहरुले आफ्नो परिवार,समाजबाट विस्तारै सिक्दै हुर्कदै गर्छन् । जर्बजस्ति लाद्न पाईन्छ ?

त्यति मात्रै होईन सो गिरोहले विद्यालयहरुमा समेत विभिन्न फन्ड उपलब्ध गराएर समेत क्रिश्चियन धर्मको प्रचार गरेको पाईन्छ । आर्थिक रुपमा कमजोर भएका मानिसहरुलाई आफ्नो अनुकुल बनाउँदै हिन्दु धर्मलाई गालिगलौज गर्दै हिन्दु धर्मको बारेमा भ्रम छर्ने खालका पर्चाहरु बाँड्दै क्रिश्चियन धर्म मान्न प्रेरित गर्ने गरेका छन् । यसरी बाध्यात्मक परिस्थित सृजना गर्दै भएपनि उनिहरुले भित्र भित्र आफ्नो संगठन बढाउँदै लगेका छन् । विशेष गरि नेपालमा शिक्षामा अलि कम पहुँज भएका समुदायलाई उनिहरुले मुख्य निशाना बनाउने गरेका छन् । यसले अल्पसंख्यक र बहुसंख्यक भाषा, धर्म, क्षेत्र, लिंगको बीचमा ठूलो खाडल सिर्जना गर्ने देखिन्छ ।

यसकारण नेपालमा पनि अब धर्मको नाममा ठुलै गृहयुद्ध हुने निश्चित छ किनकी हिन्दु धर्मावलम्बिले पनि यस्ता गतिविधि टुलुटुलु हेरेर पक्कै बस्ने छैनन् । विभिन्न हिन्दु धर्मका धार्मिक संगठनले प्रतिकार शुरु गरिसकेको छन् । गलत प्रचार गर्ने र धार्मिक सहिष्णुता भाँड्ने काम अझैं नरोकिए प्रतिकारको स्वरुप बदलिने निश्चित छ । यसैगरि अगामी दिनमा अन्य धर्मबिच पनि पक्कै द्धन्द्ध निम्तिने छ । यसले देशको स्वरुपै बिगार्ने देखिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com