सम्बन्ध आफैमा एक प्यारो शब्द हो । झन् सम्बन्धमा जोडिएका व्यक्ति कति प्यारा होलान् ? त्यसै माथी श्रीमान श्रीमति अर्थात जिवनसाथी जो व्यक्तिसंग हामीले आफ्नो सारा जिवन व्यतित गर्छाैं । त्यस्तो व्यक्तिसंगको सम्बन्ध सोच्नुस् त कस्तो होला ?
हाम्रो चिटिक्क परेको सानोमुलक त्यसैमाथि विविध संस्कृति संस्कार जसले गर्दा सम्बन्धलाई झन् सुमधुर बनाउन महत्वपुर्ण भुमिका खेल्ने गरेको थियो । तर आधुनिकताको विकाससंगै सम्बन्धको मिठास पनि हराउँदै गएको छ ।
छिमेकी, आफन्तजन,दाजुभाई,दिदिबहिनि त थियो थियो अब त आफ्नै जिवनसाथीसंगको सम्बन्धहरु पनि खल्लो हुँदै गएका छन् । आफुलाई जन्मदिने बा–आमाको खुशिको समेत प्रवाह नगरि जोडिएका सम्बन्ध पनि ओईलाउन थालेका छन् आजकाल …।
उहिले हाम्रा बाउ बाजेले अर्तिउपदेश दिने गर्थे… छोरी चेली अर्काको घरमा जानै पर्छ । त्यहि घरलाई आफ्नो मान्नुपर्छ ,जन्मघर त केहिसमयका लागि मात्रै हो । हामीलाई भन्दा सासुससुराको ख्याल राख्नु । कर्मघरमा सबैकी प्यारी बन्नु । आज्ञाकारी पत्नि हुनु । आफ्नो श्रीमानलाई खुशि पार्नु, सेवा गर्नु त्यहि नै तिम्रो ठुलो धर्म हुने छ । छोरी चेली पनि यी अर्तिउपदेशलाई सिरोपरि गर्दै विवहा गरि पराई घरमा आफ्नो सिंगो जिवन बिताउँथे ।
एकपटक नेपालमा विवहाको प्रकारलाई हेरौं
अनेकतामा एकता भएको हाम्रो देशमा विवहाका पनि आफ्नै तौरतरिका र रितिरिवाज छन् । विभिन्न जातजातिले आफ्नै परम्परा अनुसारले विवहा गर्ने प्रचलन रहि आएको छ ।
नेपालको ईतिहासलाई नियाल्ने हो भने शास्त्रीयरूपमा ब्रहृम विवाह,दैव विवाह,आर्य विवाह,प्रजापत्य विवाह,आसुर विवाह,गन्धर्व विवाह,राक्षस विवाह र पैशाच विवाह गरि आठ प्रकारका विवहालाई वणिर्त गरिएको छ । नेपाली समाजले यीनै परम्परागत विवहालाई मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ ।
पहिलापहिला नेपालमा मागी विवाहको सर्वव्यापकता रहेकोमा अहिले आधुनिकतामा समाज रुमलिदैं जाँदा प्रेम विवहाले वर्चश्व जमाएको छ । प्रेम विवहा गरेपनि नेपाली पररम्परा अनुसार नै विवहा गर्ने प्रचलन रहँदै आएको देखिन्छ तर पछिल्लो समयलाई नियाल्ने हो भने प्रेम विवहाको स्वरुप पनि परिवर्तन हुन थालेको देखिन्छ । प्रेम विवहा नै गरेपनि नेपालि परम्परा अनुसार नै जग्य घुमाएर विवहा गर्ने गरिन्थ्यो चाहे त्यो मन्दिरमा होस् या त घरमा… तर अहिले विस्तारै यो पनि हराउने स्थिति देखिएको छ ।
हरेक कुराहरु विदेशबाट निर्यात गर्दै गरेको देशले विवहाको शैलि पनि निर्यात गरेको छ त्यसैले पनि अहिले नेपालमा रहेका विवहाका प्रकारमा अब नयाँ प्रकार थपिएको छ । त्यो हो कोर्ट म्यारिच अर्थात अदालति विवहा ….।
समय अभाव हो या फेसन या त विवहा प्रक्रियाको झन्झट सोचेर हो पछिल्लो समय विवहाको उमेर पुगेको धेरैजसो युवा युवतिहरुले कोर्ट म्यारिच गर्ने गर्दछन् ।
मन्दिर अथवा घरमा बाहुनले मन्त्र पढेर, अग्नि साँची राखेर जिवनभरि एकअर्कालाई साथ दिने बाचा गर्दै ठुलाबडा,आफन्तजनको आर्शिवाद लिदैं गरिने विवहा अहिले अदालतमा हुने गर्दछ । त्यो पनि दुई ÷चार जना साथीलाई लग्यो वकिलको सहयोगमा अदालतमा विवहा ग¥यो । न जन्ति ,न बाजा , न ठुलाबडाको आर्शिवाद….।
पहिले पहिले कसैको विवहा हुँदैछ भने चार गाउँका मान्छे भेला हुन्थ्ये । पन्चेबाजा बज्थे , रातभरि रत्यौलि खेलिन्थ्यो । छुट्टै मिठास हुन्थ्यो । त्यसैले पनि होला पहिलेपहिले सम्बन्धहरु आफु मरेर पनि निभाउनुपर्छ भन्ने गरिन्थ्यो । सानातिना ठाक्कठुक्क त घरका ठुलाबडा कसैले थाहा नपाउन भनेर डरले आफै मिल्थ्ये । केहि भईहाल्यो भनेपनि गाउँसमाजमा ईज्जत जान्छ भनेर प्रायः जसो उतारचढापहरु त यतिकै सुल्झाउथे जोडिहरु ..। बच्चाबच्चि भएपछि त झन् उतारचढाप आउने कुरै भएन । झिनामसिना कुरामा पनि ठुलठुला झगडा निम्त्याउन कसलाई फर्सद हुन्थयो र ?
तर अहिले ठ्याक्कै उल्टो हुँदैगएको छ । न त अहिलेको विवहाको प्रक्रियामा कुनै मिठास छ । न त जोडीहरुका सम्बन्धमा नै ..
त्यसैले पनि अहिलेका सम्बन्धमा दिगोपना देखिदैन । पहिलेको नेपाली समाज हेरौं र अहिलेको आधुनिक समाजलाई एकचोटी आफैले नियालौं त … पहिले लोग्ने स्वास्निमा साना तिना झगडा भएपनि सम्बन्ध नै बिच्छेद गर्ने वा हुने भन्ने हुँदैनथ्यो तर अहिले नेपालमा सम्बन्ध विच्छेदका क्रम बढेका बढ्यै छन् । राम्रै घरबार गरिरहेका, समाजमा छट्टै पहिचान बनाएका ,आर्थिक रुपले पनि सक्षम जोडीहरु समेत आपसमा छुटिन्छन् । अरु त कुरै छोडदिउँ हुर्केबढेका बालबच्चा हुँदा पनि कयौं दम्पति टाढिएका हामी देख्न सक्छौं ।
सम्बन्धमा उतारचढाप नआउने होईनन् तर अहिलेको आधुनिक समाजले पहिलेको जस्तो गाउँ ,घरपरिवारको ईज्जत प्रतिष्ठा भनेर सम्बन्धलाई जोगाउने प्रयास गर्दैनन् । बरु स्वतन्त्रताको नाममा आफ्नो अलग पाईला लम्क्याउँन निको ठान्छन् ।
विवहा दुई व्यक्तिबिच मात्रै जोडिने सम्बन्ध होईन । यसले दुई परिवार,दुई समाज,दुई जात,दुई धर्मसमेतलाई पनि जोडको हुन्छ । तर अहिलेका आधुनिक दम्पतिलाई के को प्रवाह ? अहिले विवहा केवल “मन मिले मेला नमिले झमेला झैं” बन्दै गएको छ । यसले आफ्नो, आफ्नो परिवार,समाजमा के असर पर्छ भनेर अहिलेका जोडीले सोचेको देखिदैन । अलिकति मनमुटाप भयो डिभोर्स , अलिकति केहिभयो डिभोर्स । सम्बन्ध जोगाउन कसैले संघर्ष गरेको देखिदैन ।
यतिसम्मकि आफैले जन्माएको छोराछोरीको मनोविज्ञान,भबिष्यका बारेमा समेत आधुनिक दम्पतिले सोचेको देखिदैन ।
अहिले अदालतको तथ्यांक हेर्ने हो भने पनि हजारौं हजार मुद्धा त सम्बन्ध बिच्छेदकै देखिन्छन् । एकहिसाबले नेपाली आधुनिक समाजमा अदालतमा जोडिएका सम्बन्धहरु अदालतमै गएर टुंगिने गरेको देखिन्छ ।।

English
MTV NEPAL MTVNEPAL


