एनसेल खरिदकर्तासंग राम्रै चिनजान रहेको प्रधानमन्त्री प्रचण्डको स्विकारोक्ति ,,भन्छन् : तर मेरो परिवारलाई नजोड्नुस्

मलेसियन कम्पनि भनिएको आजियाटाद्धारा सञ्चालित टेलिकम कम्पनि एनसेल केहि बर्षदेखि विभिन्न कारणले चर्चामा आईरहेको नै हुन्छ । यसो त लाईसेन्स अवधि ६ वर्ष अझैं बाकी रहेपनि उक्त कम्पनिले अर्बौ घाटा खाएको प्रचार गर्दै एनसेलको शेयर नेपालीलाई नै बेचेर नेपालबाट लगभग टाप कसिसकेको छ । तर जब उक्त कम्पनिले एनसेलको शेयर बेच्यो त्यो दिनदेखि एनसेल काण्डले झन् चर्चाको शिखर नै चुमेको छ । विशेषगरि एनसेल किनबेच अरु नभई स्वयंम सरकारद्धारा रचित एक प्रोपोगाण्डा मात्रै रहेको विभिन्न विश्लेशषकर्ताको टिप्पणी छ । प्रधानमन्त्रीकै षड्यन्त्रमाने एनसेललाई राज्यको करबाट बचाउन आफै किन्ने आफैले बेचेको नाटक गरिरहेको आरोप लागिरहेको छ । एनसेलका शेयर खरिदकर्ता सतीशलाल आचार्य प्रधानमन्त्री प्रचण्डको अत्यन्तै निकट व्यक्ति भएको भन्दै अहिले प्रचण्डको चर्को आलोचना भईरहेको छ ।
संघिय संसद अमरेशकुमार सिंहले पनि विभिन्न सञ्चार माध्यममा एनसेल काण्डमा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता रहेको दाबी गरेपछि यसविषयले झन् चर्चा पायो ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलका शेयर खरिदकर्ता सतीशलाल आचार्यसंग आफ्नो राम्रै चिनजान रहेको स्विकार गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आज आह्वान गरेको एनसेलको शेयर खरिदबारे छलफलमा प्रधानमन्त्री प्रचण्डले सो कुरा स्विाकार गरेका हुन्् । तर चिनजान भएपनि यसप्रकरणमा आफु लगायत आफ्नो परिवारका कुनैपनि सदस्यको संलग्नता भने नरहेको प्रचण्डले बताए ।
तर प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे अन्य सांसदहरुले समेत आजको छलफलमा प्रश्न गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताएका छन् । सतीशलालको नाम नलिएपनि छलफलमा उनले शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताएका छन् । यतिमात्र हाईन छलफलमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको भन्दै दाबी गर्नपनि भ्याए ।

त्यसोभए प्रधानमन्त्रि ज्यु सांसद अमरेशकुमार सिंहले गरेको दाबीलाई झुटो सावित गरेर देखाईदिनस् न । संघिय सरकारको उच्च अहोेदाको व्यक्ति एकजना सांसदसंग किन डराउनुभएको त ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com