महंगा निर्देशक भनिएका निर्देशक दिपेन्द्र के.खनालले निर्देशन गर्ने फिल्म ‘चङ्गा चेट’ मा वास्तविक प्रेम जोडी प्रियंका कार्की र आयुष्मानको जोडी पक्का भएको छ ।
माधव वाग्लेले निर्माण गर्ने ‘चङ्गा चेट’ मा सबै जसो कलाकारहरु तय भएका छन् । नायिका ऋचा शर्मा, कलाकार रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायत कलाकारहरुको अभिनय रहनेछ ।
फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ । छायाँकन जनकपुर, काठमाडौं र पोखरामा हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


